Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

नवलपरासीमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

नवलपरासी, भदौ २२ । नवलपरासीको बर्दघाट नगरपालिका-१३, जमुनियामा शुक्रबार राति मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

लु ४प ७६९१ नम्बरको मोटरसाइकल नारायणचोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका दुवै चालकलाई भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। 

उपचारको क्रममा साइकल यात्री, ४७ वर्षीय सुरेश चौधरीको आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चौधरी नवलपरासी, बर्दघाट नगरपालिका-१ नारायणचोकका बासिन्दा हुन् र हाल उनकाे शव मीम अस्पताल, भैरहवामा राखिएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक, नवलपरासीको प्रतापपुर गाउँपालिका-२ गोपीगंजका १७ वर्षीय किशोर गम्भीर घाइते भएका छन्। उनीमाथि थप उपचार भइरहेको बताइएको छ। 

  • Jigyasa media

थप