Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काभ्रेमा डेंगु संक्रमण बढ्दै :गएको २४ घण्टामा थप ६ जना नयाँ संक्रमित जम्मा ५७ संक्रमित

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा डेंगु संक्रमणको संख्या निरन्तर बढ्दै गएको छ। स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जारी गरेको तथ्यांक अनुसार २०८१ साउन १ देखि भदौ १४ गतेसम्म जिल्लामा डेंगुका ५७ जना संक्रमित फेला परेका छन्।

तथ्यांक अनुसार धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै १२ जना संक्रमित भेटिएका छन्। बनेपा नगरपालिकामा ११ जना र पनौती नगरपालिकामा ८ जना संक्रमित देखिएका छन्। यसबाहेक जिल्लाका अन्य स्थानीय तहमा पनि थोरै संख्यामा भए पनि डेंगु संक्रमण फैलिएको देखिएको छ।

गएको २४ घण्टामा थप ६ जना नयाँ संक्रमित थपिएको जनाइएको छ। हालसम्म संक्रमितमध्ये २३ जना पुरुष र २८ जना महिला रहेका छन्। 


स्वास्थ्य कार्यालयको तथ्यांक

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा डेंगु संक्रमणको दर बढ्दै गएकोले सतर्कता अपनाउन र समयमै स्वास्थ्य सेवा लिन आम नागरिकलाई आग्रह गरिएको छ। साथै, डेंगुको संक्रमण नियन्त्रणका लागि स्थानीय तहमा जनचेतना फैलाउने र आवश्यक सचेतना र विविध स्वास्थ्यको कार्यक्रम गर्न स्थानीय तहलाई  पहल भइरहेको जानकारी गराइएको छ।

  • Jigyasanepal

थप