Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

मोटरसाइकल दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते

  •   २ वर्ष अघि | १९ माघ २०८१, शनिबार

नवलपरासी ।नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार प्रदेश ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिम जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा रुपन्देही, शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

मोटरसाइकल चालक नुवाकोट, लिखु-३ निवासी २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेको उनको हाल लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।


  • Jigyasa media

थप