Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

चार दिनसम्म देशभर मौसम बदली, ५६ जिल्ला उच्च जोखिममा

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

काठमाडौं – नेपालमा बिहीबारदेखि चार दिनसम्म देशभर मौसममा लगातार बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै असोज १० गतेदेखि १३ गतेसम्मको अवधिमा भारी वर्षा हुने र ५६ जिल्ला उच्च जोखिममा रहेको चेतावनी दिएको छ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ। बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र न्यूनचापीय प्रणालीका कारण वर्षा हुने संभावना रहेको छ। बुलेटिन अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्नेछ। साथै, देशका केही तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना पनि छ।

महाशाखाले भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव र सहरी क्षेत्रहरूमा डुबानको जोखिम रहेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ। ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सबै सरोकारवाला निकायलाई पूर्वतयारी अपनाउन अनुरोध गरिएको छ।

उच्च जोखिममा रहेका ५६ जिल्ला:

कोशी प्रदेश: झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर

बागमती प्रदेश: काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रामेछाप

गण्डकी प्रदेश: कास्की, बागलुङ, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, लमजुङ, गोरखा, नवलपुर, मनाङ

लुम्बिनी प्रदेश: जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत, सल्यान

सुदूरपश्चिम प्रदेश: डोटी, कैलाली, अछाम

प्रभावित स्थानहरूमा बाढी, पहिरो तथा यातायातमा अवरोध हुने सम्भावनाले जनजीवन, कृषि, स्वास्थ्य, र पर्यटन क्षेत्रमा असर पर्न सक्नेविभागले जनाएको छ।


  • RSS

थप