जिज्ञासा नेपाल | १३ जेठ २०८२
देशभरि पछिल्लो एक महिनामा आगलागीले नराम्रो सङ्केत दिइरहेको छ। वैशाख महिनामै मात्र ६३४ आगलागीका घटना भएका छन् — जसले ११ जनाको ज्यान लिएको छ भने सयौं घाइते भएका छन्।
मानव क्षति भयावह
नेपाल प्रहरीको तथ्यांक अनुसार, ज्यान गुमाउनेमध्ये ३ पुरुष, ५ महिला, २ बालक र १ बालिका रहेका छन्।
त्यस्तै, घाइते हुनेको संख्या ६७ छ — जसमा २७ पुरुष, ३२ महिला र ८ बालबालिका समावेश छन्।
भौतिक क्षति गम्भीर
एक महिनाको अवधिमा:
- १५१ घर,
- १०१ गोठ,
- ३ वटा सरकारी कार्यालय
आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
यति मात्र होइन, १८९ पशुचौपाया जलेर मरेका छन्।
११० परिवार घरविहीन बनेका छन्।
आर्थिक रूपमा हेर्दा, आगलागीले २४ करोड १९ लाख ५९ हजार रुपैयाँभन्दा बढी क्षति पुर्याएको छ।
प्रदेशगत रूपमा कहाँ कति आगलागी?
| प्रदेश | घटनाको संख्या |
|---|---|
| लुम्बिनी | १४३ |
| कोशी | १३६ |
| मधेश | १०४ |
| बागमती | ६४ |
| गण्डकी | ५३ |
| सुदूरपश्चिम | ५९ |
| कर्णाली | ४३ |
| काठमाडौं उपत्यका | ३२ |
प्रहरी प्रवक्ता तथा एसएसपी रमेश थापाले आगलागीको दर दिनप्रतिदिन बढिरहेको र सतर्कता नअपनाए अझ ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन्।
सावधानी अपनाऔं, आगलागीबाट बचाऔं।
– जिज्ञासा नेपाल
-
Jigyasanepal