Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रूपमा ओबामाको समर्थन

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रूपमा समर्थन गरेका छन्  ।


ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्वजनिक गर्दै आफू र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्। 


ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन्। यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रूपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिए।

ओबामाको विगत

बाराक ओबामा २००८ मा अमेरिकी इतिहासमा पहिलो अफ्रिकी-अमेरिकी राष्ट्रपति निर्वाचित भएका थिए। उनले २०१२ मा पुनः निर्वाचित हुँदै दोस्रो कार्यकालको जिम्मेवारी लिए। ओबामाको कार्यकालमा स्वास्थ्य सेवा सुधार (Obamacare), आर्थिक सुधार, र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ दृष्टिकोण ल्याउने प्रयासहरू भएका थिए। ओबामाले आफ्नो शासनकालमा पेरिस जलवायु सम्झौता, क्युबासँगको कूटनीतिक सम्बन्ध पुनर्स्थापना, र ईरानसँगको आणविक सम्झौता जस्ता प्रमुख कदमहरू चालेका थिए।

  • Jigyasa media

थप