Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

प्रम ओलीको उपस्थितिमा काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह र हाइड्रोजन कारको उद्घाटन

नेपालको हरित युगको प्रारम्भ

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काठमाडौं, १४ भदौ - काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहमा शुक्रबार एक ऐतिहासिक उपलब्धि हासिल गर्दै २,३१४ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्कुल अफ आर्ट्स, एजुकेशन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, र साइन्स विधाका विद्यार्थीहरूलाई सम्मानित गरिएको हो ।

दीक्षित हुने विद्यार्थीहरूमा १,१८६ जना अर्थात् ५१.२५ प्रतिशत छात्र र १,१२८ जना अर्थात् ४८.७५ प्रतिशत छात्रा रहेका छन्। यसपटकको दीक्षान्त समारोहमा १९ विभिन्न देशका २४२ विद्यार्थीहरूले पनि उपाधि प्राप्त गरेका छन्, जसले विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहुँच र विविधतालाई झल्काउँछ।

समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने छात्रछात्राहरूलाई विभिन्न स्वर्णपदकहरू प्रदान गरियो। स्नातकोत्तर तहमा स्कुल अफ आर्ट्सबाट मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक र स्कुल अफ साइन्सबाट स्नातक तहमा मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।

 समारोहसँगै, काठमाडौं विश्वविद्यालयले अर्को महत्वपूर्ण प्राविधिक उपलब्धि हासिल गरेको छ। देशकै पहिलो हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको औपचारिक शुभारम्भ गरेर नेपालले हरित ऊर्जा र प्रदूषण नियन्त्रणको दिशामा एक ऐतिहासिक कदम उठाएको छ। यो प्रविधि दक्षिण कोरियाको हुण्डाइ कम्पनीमा निर्मित हो, र नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरिएको हो।

प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा हाइड्रोजन कारको प्रयोगले नेपालमा प्रदूषण घटाउन र हरित ऊर्जा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। "हाइड्रोजन कारको प्रयोगले वातावरणीय संरक्षणमा नयाँ सम्भावनाहरू खोल्नेछ," उनले भने। 

नेपालमा यो प्रविधिको आगमनसँगै, हरित यातायातको युग प्रारम्भ भएको छ, जसले दिगो विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। दीक्षान्त समारोह र हाइड्रोजन कारको उद्घाटनले नेपाललाई हरित भविष्यको यात्रामा अग्रसर गराएको छ, जसले देशको प्राविधिक र शैक्षिक क्षेत्रमा नयाँ उचाइ प्रदान गर्नेछ।

  • Jigyasa media

थप