Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पत्रकार रजकलाई जिउँदै जलाउने घटनामा दुर्गा प्रसाई निकट दुई युवकको संलग्नता पुष्टि

  •   १ वर्ष अघि | १ बैशाख २०८२, सोमवार

वैशाख,१ २०८२| काठमाडौं

राजावादीहरूको तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी र पत्रकार रवि रजकको मृत्यु प्रकरणमा दुर्गा प्रसाई निकट रहेको एटीएफ समूहका दुई युवकको संलग्नता पुष्टि भएको छ।

प्रहरीको अनुसन्धानमा रामेछाप सुनापाति गाउँपालिका–५ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका–७ का २० वर्षीय गोकर्ण शाही दुर्गा प्रसाई नेतृत्वको एटीएफ (अल्टरनेटिभ टिभी फोर्स) समूहका सक्रिय कार्यकर्ता रहेको खुलेको हो। प्रहरीका अनुसार, सरोज गौतम उक्त समूहका प्रवक्ता हुन् भने शाही सदस्यका रूपमा परिचित छन्।

तीनकुनेमा भएको आगजनीका क्रममा, जहाँ पत्रकार रवि रजक बाँच्न नपाई जिउँदै जलाइए, त्यही घटनामा यी दुई युवाले प्रत्यक्ष संलग्नता देखाएको प्रहरीले पुष्ट्याएको छ। प्रहरीले जनाएको विवरण अनुसार, प्रदर्शनका क्रममा दुर्गा प्रसाईं आफैं सवार सवारी साधनमा झुण्डिएर यी युवकहरू प्रहरीमाथि दवाब सिर्जना गर्न अग्रपंक्तिमा थिए।

प्रहरीले दुर्गा प्रसाईको गाडी अघि बढ्न नदिएपछि आक्रोशित समूहले घरमा ढुंगामुढा र आगजनी गरेका थिए। यही क्रममा पत्रकार रजक बसोबास गरिरहेको घरमा आगो लाग्दा उनको जलेर मृत्यु भएको थियो।

त्यसैदिन गोकर्ण शाही माओवादी केन्द्रको कार्यालयमा समेत आगो लगाउन पुगेको प्रमाण प्रहरीले संकलन गरेको छ।

यस घटनाले पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। आम नागरिक र सञ्चारकर्मीहरूले आक्रोश व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन्। दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक मोडमा पुगेपछि समाजिक सञ्जालमा समेत तीव्र प्रतिक्रिया देखिएको छ।

यसरी राष्ट्रवादको नारा लिएर सुरु भएको आन्दोलन अन्ततः निर्दोष नागरिकको ज्यान लिने अमानवीय र आपराधिक कृत्यमा परिणत भएको छ। अब प्रहरी र सरकारको कदम कति निष्पक्ष, पारदर्शी र प्रभावकारी हुन्छ — जनताको नजर त्यसैमा केन्द्रित हुनेछ।

  • Jigyasa media

थप