Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पाथीभरा केबुलकार कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताको आह्वान

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

ताप्लेजुङ, वैशाख १५।

पाथीभरा देवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबुलकार परियोजनामा असहमति जनाउँदै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीयवासी तथा विभिन्न संघ–संस्थाले उठाएका सरोकार र पहिचान सम्बन्धी विषयहरूलाई वार्ता तथा छलफलबाट समाधान निकाल्न तत्पर रहेको जनाएको छ। साथै, परियोजना निर्माणमा सहज वातावरण बनाउन सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरेको छ।

कम्पनीले परियोजनाको सम्पूर्ण कार्य नेपाल सरकारका मापदण्ड अनुरूप वातावरणीय प्रभाव मूल्याङ्कनसहित सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर अघि बढाइएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी सधैं स्थानीयको माग, सरोकार र भावना प्रति उच्च सम्मानका साथ अघि बढेका छौं। परियोजनाको निर्माणमा स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्पराको पूर्ण सम्मान गर्नेछौं।”

कम्पनीले स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग निरन्तर समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामीलाई विश्वास छ कि वार्ता तथा संवादबाट जुनसुकै समस्याको समाधान सम्भव छ। पहिचान र सरोकारका विषयमा उठाइएको युवाहरूको आग्रहलाई हामी सकारात्मक रूपमा लिन्छौं र वार्ता/संवादका लागि पूर्ण तयार छौं।”

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार परियोजनाले धार्मिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • T

थप