Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रामेछापमा पहिरो: ३ घरमा क्षति, २ को मृत्यु, केही बेपत्ता

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काठमाडौं। रामेछाप जिल्लाको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ भने केही व्यक्ति बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण प्राप्त हुन बाँकी छ। आज बिहान ३:३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना प्राप्त भएको थियो। 

पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ, जसका कारण प्रहरीको टोली घटनास्थल पुग्न ढिलो भएको हो। टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि पुल भत्किएका कारण ढिलाइ भएको थियो।

इन्सपेक्टर न्यौपानेले नजिकका प्रहरी टोलीले घटनास्थलमा पुग्दा दुई जनाको शव भेटिएको जानकारी दिएका छन्। केही व्यक्तिहरु अझै बेपत्ता छन्, तर मृतक र बेपत्ताको परिचय भने हालसम्म खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ।  हामीलाई फलो गर्नुहोस् थप विवरण प्राप्त हुनासाथ जानकारी गराइनेछ।

  • Jigyasa media

थप