Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

धुलिखेलको बौद्ध विहारमा चोरीपछिको घटनामा २४ घण्टाभित्र पक्राउ

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका-७ स्थित भिमसेन स्थानको बौद्ध विहारमा, मिति २०८१ भदौ ६ गते बिहान करिब ३ बजे, अज्ञात व्यक्तिले ८४ वर्षीय भिक्षु गुणघोषलाई कुटपिट गरी लुटपाट गरेका छन्। भिक्षु गुणघोष, जो विहारमा ४५-५० वर्षदेखि बस्दै आएर बौद्ध धर्मका उपासिकाहरूलाई प्रवचन दिँदै आएका थिए, ती व्यक्तिबाट कुटपिट र लुटपाटको शिकार भएका हुन्। 

घटनाको खबर बिहान ८:२० बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइते भिक्षुलाई उपचारका लागि धुलिखेल अस्पताल पठायो। हाल उनी अस्पतालमा उपचाररत छन्।


प्रहरीले कुटपिट र चोरीमा संलग्न व्यक्तिलाई २४ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ। २० वर्षीय आदित्य श्रेष्ठ, झापा, मेचि नगरपालिका-९ बसोबास गर्ने तिलक बहादुर श्रेष्ठका छोरा हुन्। उनलाई धुलिखेल नगरपालिका-७ स्थित HOTEL HILLS HEAVEN बाट नगद रु. १,६५,८९० सहित पक्राउ गरिएको छ। चोरी तथा डाँका सम्बन्धी कसुरमा उनलाई काभ्रेपलान्चोक अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप