Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ठमेल र सोह्रखुट्टेबाट १५ जना बंगलादेशी नागरिक पक्राउ

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

काठमाडौं, असोज १५ – नेपालमा गैरकानुनी रूपमा बसोबास गरिरहेका १५ जना बंगलादेशी नागरिकलाई ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विशेष टोलीले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विभिन्न उमेरका व्यक्तिहरू रहेका छन्, जसमा ४० वर्षीय मोखलेस, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसुद सिकारी, २५ वर्षीय मुसा धाली, २० वर्षीय मोहम्मद मुसरुफ हुसैन, २४ वर्षीय सोजि मियाँ, २० वर्षीय मोहम्मद अल अमिन, ४४ वर्षीय मोहम्मद अनवर हुसैन, २२ वर्षीय सलमान मियाँ, २१ वर्षीय सलेह अहमद रेजुवने, ३१ वर्षीय मोहम्मद अबु सलेह, मोहम्मद नुर आलम, ३९ वर्षीय मोहम्मद मोनिर हुसैन, २७ वर्षीय मोहम्मद हाफिज उद्दीन र २१ वर्षीय कुमरुल हुसैन रहेका छन्।

उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न कालिकास्थानस्थित अध्यागमन विभागमा पठाइएको छ।


  • Jigyasa media

थप