Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

पाल्पा ।

पाल्पाको माथागढी गाउँपालिका-२, फेदीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार, लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५३ वर्षीय टेकबहादुर ढेंगा गम्भीर घाइते भएका थिए।

विहीबार बेलुकी करिब साढे ७ बजे घाइते भएका ढेंगालाई तत्कालै लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो। अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरे। घटनापछि प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको

छ।


  • Jigyasa media

थप