Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

देशभर आजको मौषम पूर्वानुमान विवरण हेर्नुहोस ( ५ भदौ २०८१ बुधबार)

आज अधिकांश भागमा पानी पर्ने

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

काठमाण्डौ ।

 आज भदौ ५ गते, २०८१ साल, बुधबारको मौसम पूर्वानुमान विवरण हेर्नुहोस।

 बिहानको मौसम:

आज बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्नेछ।

 दिउँसो र साँझको मौसम:

दिनभरि पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ। त्यसैगरी, बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि मेघ गर्जन/चट्याङसहितको वर्षा हुन सक्छ।

रातिको मौसम:

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने, बाँकी स्थानहरूमा हल्कादेखि मध्यम वर्षा जारी रहन सक्नेछ।


अतः आजको दिनमा विशेषगरी पूर्वी र पश्चिमी पहाडी क्षेत्रहरूमा भारी वर्षाको जोखिम रहेकाले सतर्क रहनुहोला। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

  • Jigyasa media

थप