Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पोखरामा पटाका बनाउँदा विस्फोट: एक किशोर घाइते

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

पोखरा – पटाका बनाउने क्रममा पोखरामा एक किशोर घाइते भएका छन्। पोखरा महानगरपालिका–२१ फर्सेखोला निवासी १७ वर्षीय असिम परियार पटाका बनाउने प्रयासमा गम्भीर घाइते भएका हुन्।

आल्मुनियमको पातामा करिब २० बट्टा सलाइको काँटीको उपयोग गरी पटाका बनाउने क्रममा अचानक विस्फोट हुँदा उनी घाइते भएका थिए। घाइते परियारलाई तत्कालै गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो, तर थप उपचारका लागि उनलाई सोमबार साँझ साढे ५ बजे कीर्तिपुर अस्पताल, काठमाडौं रिफर गरिएको छ।

अधिकारीहरूले यस्ता जोखिमपूर्ण कार्यबाट टाढा रहन सर्वसाधारणलाई सचेत गराएका छन्।


  • Jigyasa media

थप