Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

चितवनमा पोथी गैँडा कसरी मृत फेला पर्यो ?

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिंगे पोथी गैँडा मृत फेला परेको छ ।


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।


मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए । उनले मृत गैँडाको शरीरमा चोटपट तथा घटनास्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुन सक्ने बताए । निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए ।


उनले भने, ‘हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बुढो भएर मरेको हुन सक्ने अनुमान गरेका छौँ, मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।’ यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए ।– रासस

  • RSS

थप