Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आज पनि देशभर वर्षाको सम्भावना, कोसी–गण्डकीमा भारी वर्षाको पूर्वानुमान

  •   १० महिना अघि | २९ असार २०८२, आइतवार

काठमाडौँ, असार २९ –

देशका अधिकांश भूभागमा आज आइतबार पनि वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, कोसी, बागमती, गण्डकी, कर्णाली लगायतका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिनको समयमा पहाडी भूभागका केही स्थान र अन्य भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने जनाइएको छ।

रातको समयमा पनि सक्रिय रहने वर्षा प्रणाली

आज राति पनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका केही क्षेत्रहरूमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाको प्रक्षेपण छ।


वर्षाको मात्राबारे प्राविधिक व्याख्या:


१० मिमि.भन्दा कम – हल्का वर्षा


१०–५० मिमि. – मध्यम वर्षा


५०–१०० मिमि. – भारी वर्षा


१००–२०० मिमि. – धेरै भारी वर्षा


२०० मिमि.भन्दा बढी – अति भारी वर्षा

कहाँ कति क्षेत्रफलमा पर्छ वर्षा?

महाशाखाले क्षेत्रफल अनुसार वर्षाको मापदण्ड समेत सार्वजनिक गरेको छ:

एक–दुई स्थान: १०%भन्दा कम क्षेत्र

थोरै स्थान: १०%–३०% क्षेत्र

केही स्थान: ३०%–५०% क्षेत्र

धेरै स्थान: ५०%–८०% क्षेत्र

अधिकांश स्थान: ८०%भन्दा बढी क्षेत्र

सावधानी आवश्यक

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो, बाढी र डुबानको जोखिम पनि रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। यात्रुहरू, किसान, निर्माण कार्यमा संलग्न व्यक्ति, र स्थानीय सरकारहरूलाई मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर योजना बनाउन आग्रह गरिएको छ।

  • Jigyasanepal

थप