Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दुबई पठाउने प्रलोभनमा १९ लाख ठगी गर्ने युवक पक्राउ

  •   २ वर्ष अघि | २४ कार्तिक २०८१, शनिबार

काठमाडौं – वैदेशिक रोजगारको नाममा दुबई पठाइदिने भन्दै ठगी गर्ने धादिङ गंगाजमुना गाउँपालिका-४ का सन्जीव गुरुङ पक्राउ परेका छन्। हाल काठमाडौंको तार्केश्वर नगरपालिका-१०, मनमैजुमा बसोबास गर्दै आएका ३० वर्षीय गुरुङले तीन पीडितबाट कुल १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको विशेष टोलीले पीडितहरूको उजुरीको आधारमा गुरुङलाई मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो। उनले दुबईमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नगद संकलन गरेको र त्यसपछि सम्पर्कविहीन भएको खुलेको छ।

गुरुङलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा बुझाइएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठग्ने कार्यप्रति सरकारले कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै यस्तो आपराधिक गतिविधि नियन्त्रणमा लागि परेको जनाएको छ।


  • Jigyasa media

थप