Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)

  •   २ वर्ष अघि | ११ साउन २०८१, शुक्रबार

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दै यस आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याएको बताएका हुन् । राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।


उनले यस आवमा मुद्रास्फीति ५.५ प्रतिशतभन्दा बढी नबढ्ने बताए । नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरु भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरुको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वकोभूराजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम रहेको छ ।


सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ । केही जोखिम रहे पनि मुद्रास्फीतिका कारकहरुलाई मध्यनजर राख्दा आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति सोही सीमाभित्रै रहने प्रक्षेपण रहेको छ ।


७ महिनाको वस्तु तथा सेवा धान्न मिलन्ने विदेशी सञ्चिति कायम गरिने उनको भनाइ थियो । बजेटमा अनुमान गरिए बमोजिम ६ प्रतिशत आर्थिक वृद्धि पुग्ने गरी तरलता व्यवस्थापन र मुद्रा व्यवस्थापन गर्ने उनले बताए । पूर्ण पाठ हेर्नुहोस् 

https://drive.google.com/file/d/1GZuVUYMR_UAQ8vIC6Ag3tLrErfdl7ujf/view?fbclid=IwY2xjawEQL2xleHRuA2FlbQIxMAABHc7xTJobu7mjzVr1qIWXSn_vVp3LlIA76j1O_b_UlBR7Ilk2VlvCWfl5cw_aem_jArDf45nJyvtWOTPdjmaFQ


  • Jigyasa media

थप