Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोपमा काठमाडौं ल्याइँदै

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

काठमाडौं, कार्तिक २५ – मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि आज काठमाडौं ल्याइँदैछ। जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरी पत्राचारपछि काठमाडौं पठाउन लागेको हो।

प्रहरीको जानकारीअनुसार, अधिकारीमाथि नक्कली कागजात प्रयोग गरी तीन व्यक्तिलाई जापान पठाएको आरोप छ। टोकियो विमानस्थलमा खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटासहित पक्राउ परेका अधिकारीलाई नेपाल फर्काइएको थियो। उनीहरूले जापान जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीले जनाएको छ।

साथै, नेकपा (एमाले) कोशी प्रदेशले अधिकारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको निर्णय शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको छ।


  • Jigyasa media

थप