Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

महिलाको विभत्स हत्यामा संलग्न धुलिखेलका रंजितकार पक्राउ

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

धुलिखेल, काभ्रे – काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ काफ्लेटी सामुदायिक जङ्गलमा एक महिलाको मानव कङ्काल फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त शव मण्डनदेउपुर नगरपालिका–११ बस्ने ३५ वर्षीया निशा लामा को भएको खुलेको छ।

शंकास्पद अवस्थामा फेला परेको शव

२०८१ फागुन १४ गते दिउँसो करिब २ बजे स्थानीयले जङ्गलमा मानव कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा घटनास्थल नजिकै निशा लामाले प्रयोग गर्ने चप्पल, झोला र सोही झोलाभित्र रहेको लेडिज टेलरको बिलमा उनको नाम भेटिएपछि मृतकको सनाखत गरिएको थियो।


पति राईफल लामाको सनाखत, प्रविधिको प्रयोगबाट हत्यारा पत्ता लाग्यो

मृतकको श्रीमान् राईफल लामाले कपडा र चप्पलका आधारमा शवको पहिचान गरेपछि प्रहरीले प्रविधिको सहायताले घटनाको विस्तृत अनुसन्धान अघि बढायो। अनुसन्धानकै क्रममा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ का ३६ वर्षीय सुनिल रञ्जितकार हत्यामा संलग्न रहेको पुष्टि भएको छ।

क्रूर हत्या, जङ्गलमै लाश लुकाएर फरार

प्रहरीका अनुसार सुनिल रञ्जितकारले ढुङ्गाले टाउकोमा पटक–पटक प्रहार गरी क्रूर हत्या गरेका थिए। हत्यापछि मृतकको शव जङ्गलमै लुकाएर उनी फरार भएका थिए।

पक्राउ र कानुनी प्रक्रिया

हत्याको प्रमाण जुटाएपछि प्रहरीले २०८१ फागुन १५ गते अभियुक्त सुनिल रञ्जितकारलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेको अभियुक्तको विवरण

✅ नाम: सुनिल रञ्जितकार

✅ उमेर: ३६ वर्ष

✅ ठेगाना: धुलिखेल नगरपालिका–४, काभ्रेपलाञ्चोकका हुन ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिएका छन् ।

  • Jigyasa media

थप