Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिसस काभ्रेका प्रमुख रिहा

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

काठमाडौं – बैंकिङ कसुरसहित विभिन्न छ वटा मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम मिलापत्रपछि रिहा भएका छन्।

प्रहरीका अनुसार गौतमले बैंकिङ कसुरसम्बन्धी एउटा मुद्दाका लागि छलफल गर्न गएका बेला अन्य पुराना उजुरी पनि देखिएपछि उनलाई पक्राउ गरिएको थियो। तर, ती सबै उजुरीमा पहिल्यै मिलापत्र भइसकेको कागजात प्रमाणित भएपछि काठमाडौं जिल्ला अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

गौतमले आफ्नो व्यक्तिगत चेकमार्फत कृषि महोत्सवका लागि भुक्तानी गरेका थिए, जसको कारण विवाद उत्पन्न भएको थियो। तर, उनले उक्त भुक्तानी संस्थागत भएकाले आफूलाई अनावश्यक रूपमा फसाइएको बताएका छन्।

उनको नेतृत्वमा बिहीबारदेखि धुलिखेलमा हुने युथ फेस्टिबलमा ७५ देशका एक हजारभन्दा बढी युवाको सहभागिता तय भएको छ। यो कार्यक्रमको पूर्वसन्ध्यामा उनलाई नियन्त्रणमा लिइएको थियो।

अब गौतम काभ्रे फर्किसकेका छन् भने काभ्रेका सरकारी वकिल कार्यालयले घटनाको औपचारिक टुंगो लगाउने तयारी गरेको छ।

जिल्ला समन्वय समिती काभ्रेको आयोजनामा हुने युवा महोत्सव-२०२५ को उद्घाटन कार्यक्रम आज दिउँसो ४ बजे काठमाडौं विश्वविद्यालयको सिभी रमण हलमा हुने भएको बताइएको छ ।

  • Jigyasa media

थप