Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज रामनवमी: मर्यादा पुरुषोत्तम श्रीरामको जन्मजयन्ती, देशभर सार्वजनिक बिदा

  •   २ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौं —चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा, भक्ति र आध्यात्मिक उल्लासका साथ देशभर मनाइँदैछ। भगवान् श्रीरामको जन्मोत्सवको स्मरणमा सरकारले सार्वजनिक बिदा दिएको छ।

रामनवमीलाई विष्णुको सातौँ अवतार भगवान् रामचन्द्रको जन्मजयन्तीका रूपमा मनाइन्छ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यादेवीका सुपुत्र श्रीरामले आफ्नो जीवनमार्फत मर्यादा, सत्य र कर्तव्यको सन्देश दिए।

रामराज्यको आदर्श: धर्म, अनुशासन र समता

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम भन्छन्, “रामनवमी केवल उत्सव मात्र होइन, मर्यादित शासक र अनुशासित समाजको प्रतीक पनि हो। आजको सन्दर्भमा रामराज्य भन्नाले न्याय, सदाचार र सुखी समाजको परिकल्पना गरिन्छ।”

रामनवमी विशेष: पूजा, व्रत र भजनकीर्तन

रामनवमीको अवसरमा देशभरका राममन्दिरहरूमा पूजाआजा, रामायण पाठ र भजनकीर्तन भइरहेका छन्। विशेषगरी जनकपुरधामको रामजानकी मन्दिरमा आज ठूलो मेला लागेको छ। नेपाल–भारतका श्रद्धालुहरू बिहानैदेखि दर्शन, स्नान र पूजा आराधनामा सहभागी छन्।

अयोध्यामा जन्मिएर मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका श्रीरामले सत्यको मार्गमा हिँड्न मानव जातिलाई प्रेरित गर्दै राक्षसी प्रवृत्तिको अन्त्य गरेका थिए। उनले आफ्ना पिताको आदेशलाई सम्मान गर्दै १४ वर्ष वनवास स्वेच्छाले स्वीकार गरी मर्यादाको नयाँ उदाहरण दिएका थिए।

वासन्तीय नवरात्रको समापन

रामनवमीलाई वासन्तीय नवरात्रको नवौँ दिन पनि मानिन्छ। प्राचीन समयमा यिनै वासन्तीय नवरात्रलाई मूल दशैँका रूपमा मनाउने गरिन्थ्यो, जसलाई पछि गर्मीका कारण असोजतर्फ सारिएको विश्वास गरिन्छ।

धार्मिक विश्वासअनुसार, आज देवीपूजा गरी भगवान् श्रीरामको आराधना गरेमा जीवनमा श्री–समृद्धिको प्राप्ति हुन्छ भन्ने मान्यता छ।



  • Jigyasa media

थप