Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

निर्मला पन्त प्रकरणका प्रत्यक्षदर्शी दावी गर्ने नवराज अर्याल रिहा

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं — कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका सन्दर्भमा प्रत्यक्षदर्शीको दावी गर्ने गोरखाका नवराज अर्याल रिहा भएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार उनलाई पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा अर्यालले कसैको उक्साहटमा यस्तो झुठो बयान दिएको नभई आफूतिर ध्यान तान्न खोजेको बताएका थिए। यसका आधारमा बोलाएको बेला उपस्थित हुने शर्तमा हाजिर जमानतमा उनलाई रिहा गरिएको ब्यूरोका एक अधिकारीले जानकारी दिए।

अर्याल, जो आफू खानेपानी विभागको सवारी चालक रहेको बताउँछन्,ले दिएको विवरणअनुसार उनले कञ्चनपुरमा निर्मला पन्तको बलात्कारको घटनामा प्रत्यक्षदर्शीको रुपमा बयान दिएका थिए। साथै, यो प्रकरणमा अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेकोथियो।


  • Jigyasa media

थप