Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

रोशी गाउँपालिकामा संविधान दिवस २०८१ मनाइयो

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

अमलटार, काभ्रे – संविधान दिवस २०८१ को अवसरमा काभ्रे जिल्लाको रोशी गाउँपालिकामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा संविधानको महत्व र त्यसको पूर्ण कार्यान्वयनको आवश्यकता बारे विविध धारणा राख्दै प्रमुख अतिथि र जिल्लाका प्रमुख प्रतिनिधिहरूले महत्वपूर्ण विचार प्रस्तुत गरे।


कार्यक्रमका प्रमुख अतिथि र जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले शहीदहरूको बलिदानीले प्राप्त संविधानलाई पूर्णरूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए। उनले संविधानमा देखिएका कमजोरीलाई पहिचान गरेर संशोधनको आवश्यकता पनि रहेको बताए।


कार्यक्रमका सभापति तथा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जनताको बलिदानले प्राप्त संविधानलाई संस्थागत गर्दै स्थानीय सरकार र जनताको अधिकारलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। "संविधान संशोधन गर्दा स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाउनुपर्ने हो, तर अधिकार कटौती गरियो भने समस्या गहिरिन सक्छ," उनले स्पष्ट पारे।


रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले संविधानले नेपाली समाजमा ल्याएको परिवर्तनको चर्चा गर्दै, कर्मचारीहरूलाई जनताको सेवामा समर्पित हुन निर्देशन दिए। उनले संविधानले पूर्वकालमा रैतिका रहेका जनतालाई समान अधिकार र कर्तव्य दिएको उल्लेख गरे।

कार्यक्रममा रोशी-७ का वडाध्यक्ष अशोक गौतमले पनि संविधानलाई पूर्ण कार्यान्वयन गर्नु आजको आवश्यकता भएको बताए। साथै, प्रमुख प्रशासकीय अधिकृत भन्तनाले स्थानीय सरकार र संघीयतालाई अझ मजबुत बनाउन संविधानको पूर्ण कार्यान्वयनको माग गरे।

संविधान दिवसको कार्यक्रम गाउँपालिकाको प्रशासनिक भवनको प्राङ्गणमा झन्डोत्तोलन गर्दै सुरु भएको थियो। प्रमुख अतिथि तामाङ, अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत भन्तना, प्रहरी निरीक्षक कृष्ण गिरि, वडाध्यक्ष गौतमलगायतको उपस्थितिमा झन्डोत्तोलन गरिएको थियो।

कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राम लामाले गरेका थिए, जसमा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरि, जनप्रतिनिधि, शाखा प्रमुखहरू र कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो।

संविधानको कार्यान्वयन र स्थानीय तहको मजबुतीको लागि यो कार्यक्रम एउटा महत्वपूर्ण अवसर बनेको बताइन्छ ।


  • Jigyasa media

थप