Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

रुपन्देहीमा रवि लामिछाने १ करोड धरौटीमा रिहा

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

१३ माघ, काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा मुछिएका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितले न्याय नपाउने भन्दै थुनामा राख्नुपर्ने तर्क गरे पनि, लामिछाने पक्षका कानुन व्यवसायीहरूले यो कदमलाई राज्यको प्रतिशोधपूर्ण कदमको रूपमा व्याख्या गरेका थिए।

लामिछाने यसअघि पनि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख धरौटी तिरेर रिहा भएका थिए।

रुपन्देहीको इलाका प्रहरी कार्यालयले गरेको अनुसन्धानमा लामिछानेले सहकारीको रकम हिनामिना गर्न हस्ताक्षरित चेक प्रयोग गरेको, श्रीमती निकिता पौडेललाई रकम भुक्तानी गरिएको, र झुठो विवरणको आधारमा कम्पनीको स्वामित्व हस्तान्तरण गरिएको भन्ने प्रमाण फेला परेको सरकारी वकिलहरूको दाबी छ।

यो आदेशसँगै लामिछानेको विषयमा कानूनी प्रक्रिया अझै अघि बढ्ने देखिएको छ। अदालतको यो निर्णयले सहकारी ठगी प्रकरणमा चासो राखिरहेका सरोकारवालाबीच थप छलफल र बहस उत्पन्न गराएको छ।


  • Jigyasa media

थप