Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

नमोबुद्धमा सुक्खा पहिरोले पुरिएर एक मजदुरको, मृत्यु अर्का एकको लडेर मृत्यु

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

नमोबुद्ध, काभ्रे – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ कानाकोट स्थित वृद्धाश्रमको भवन निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ।

फागुन १५ गते दिउँसो करिब ३ बजे, निर्माणाधीन वृद्धाश्रमको दोस्रो तल्लाको पिल्लर ढल्दा त्यहाँ कार्यरत मजदुर दुर्जन माझी को घटनास्थलमै मृत्यु भएको हो। मृतक पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३ निवासी कैलेश्वर माझीका छोरा हुन्।

प्रहरीका अनुसार माथिबाट सुक्खा पहिरो खस्दा भवनको पिल्लर भत्किएको थियो। फलस्वरूप, रडले टाउकोमा लाग्दा माझी गम्भीर घाइते भए र घटनास्थलमै ज्यान गयो।

अनुसन्धान जारी

घटनाको खबर प्राप्त हुनासाथ श्यामपाटी प्रहरी चौकीबाट लोकनाथ सापकोटाको कमाण्डमा प्रहरी टोली खटी घटनास्थल सुरक्षित पारिएको छ। त्यसपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने कार्य अघि बढाएको छ भने विस्तृत अनुसन्धान जारी रहेको छ।

स्थानीय तथा निर्माण कम्पनीलाई निर्माणस्थलमा सुरक्षाका उपाय अपनाउन विशेष ध्यान दिन आग्रह गरिएको छ। पहिरो प्रभावित क्षेत्रहरूमा कामदारहरूको सुरक्षाका लागि आवश्यक सावधानी नअपनाउँदा यस्तो दुःखद घटना दोहोरिन सक्ने भन्दै सुरक्षा निकायले सचेत गराएको छ।


यस्तै भीरबाट लडेर श्रीकृष्ण गिरीको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। आज फागुन १५ गते दिउँसो करिब १:२० बजे आफ्नै घरदेखि करिब १.५ किलोमिटर पश्चिम आङगे खोल्सामा स्थानीय ३५ वर्षीय श्रीकृष्ण गिरी मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त हुनेबित्तिकै प्रहरी चौकी दोलालघाटबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। त्यस्तै, ईलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानका क्रममा गिरी करिब ३५–४० मिटर अग्लो भीरबाट लडेर आङगे खोल्सामा खसेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप