Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

सिन्धुपाल्चोकको दुगुनागढीमा भूकम्पपछि पहिरो, मानविय क्षति छैन

  •   २ वर्ष अघि | १६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं, फागुन १६ – शुक्रबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढी क्षेत्रमा पहिरो गएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार पहिरो मानव बस्ती नभएको स्थानमा खसेको हुँदा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। हालसम्म थप क्षतिको विवरण प्राप्त नभइसकेको उनले जानकारी दिए।

यसैबीच, भूकम्पका कारण सिन्धुपाल्चोक जिल्ला कारागारमा अफरातफरी मच्चिएको छ। आत्तिएर दोस्रो तलाबाट हामफालेका एक कैदीबन्दी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार उनको हात भाँचिएको छ तर अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।

राति २:५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आएको भूकम्प काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा महसुस गरिएको थियो। स्थानीय प्रशासनले थप क्षतिको विवरण संकलन गरिरहेको छ।


  • Jigyasa media

थप