Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

इराकमा चार नेपालीको मृत्यु, गैरकानुनी आप्रवासनको जोखिम सतहमा

  •   २ वर्ष अघि | २३ फाल्गुन २०८१, शुक्रबार

साउदी। वैदेशिक रोजगारीका लागि इराक पुगेका चार नेपालीको मृत्यु भएको छ। गोरखा बारपाक सुलिकोट–२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङको मृत्यु विभिन्न कारणले भएको पुष्टि भएको छ।

इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा उनीहरू सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण ज्यान गुमाएका हुन्। एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव नेपाल पठाउन आवश्यक पहल भइरहेको छ। तर, इराकमा नेपाली दूतावास नहुँदा शव पठाउने प्रक्रिया झन् जटिल बन्ने गरेको उनले बताए।

नेपाल सरकारले इराकमा रोजगारीका लागि जाने अनुमतिमा रोक लगाए पनि गैरकानुनी बाटोबाट जाने नेपालीहरूको संख्या उच्च रहेको छ। एजेन्टहरूको प्रभावमा परी हजारौँ नेपाली श्रमिक अवैधानिक रूपमा इराक पुग्ने गरेका छन्, जसले गर्दा उनीहरू कानुनी सुरक्षा र अधिकारविहीन बन्ने अवस्था छ।

गैरकानुनी आप्रवासनको बढ्दो खतरा

२०६१ साल भदौ ११ गते सुन्नी अतिवादी समूह इस्लाम अल सुन्नाले १२ नेपालीको विभत्स हत्या गरेपछि नेपाल सरकारले इराक जान रोक लगाएको थियो। तर, पछिल्लो समय आकर्षक कमाईको लोभमा घरेलु कामदारका रूपमा नेपाली महिलाहरू भारत हुँदै दुबईमार्फत इराकको कुर्दिस्तान, सुलेमानिया र बगदादसम्म पुग्ने गरेका छन्।

रोजगारीका नाममा दलालहरूले ३ हजारदेखि ७ हजार अमेरिकी डलरसम्म लिई नेपाली श्रमिकहरूलाई घरेलु काममा लगाउने गरेका छन्। यसरी अवैधानिक रूपमा पुगेका नेपालीहरू आप्रवासन कानुनको अभावमा बिचल्लीमा पर्ने गरेका छन्।

इस्त्रायल, मलेसिया, गल्फका विभिन्न मुलुकहरूमा रोजगारीका अवसरहरू सहज हुँदै गएको भए पनि नेपालीहरू अझै गैरकानुनी बाटोबाट उच्च जोखिमपूर्ण मुलुकहरूमा जाने क्रम रोकिएको छैन। इराकलगायत जोखिमयुक्त गन्तव्यतर्फ जाने नेपाली श्रमिकहरूलाई सचेत गराउँदै एनआरएन इराकले उचित प्रक्रिया अपनाउन आग्रह गरेको छ।


  • Jigyasa media

थप