Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

झापाबाट काठमाडौं आउँदै गरेको ईभी गाडी सिन्धुलीमा दुर्घटना, ६ जना घाइते

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

सिन्धुली, माघ २५ – झापाबाट काठमाडौं जाँदै गरेको एक निजी ईभी गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी ६ जना यात्रु घाइते भएका छन्।

बागमती प्रदेश ट्राफिक प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये ४ पुरुष र २ महिला रहेका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ भने अरु ४ जनाको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहानी करिब पौने ४ बजे वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा भएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


  • Jigyasa media

थप