Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

किन भत्काएका थिए गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले दलितको घर?

पक्राउ परे गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

सिराहा ।सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको विष्णु महायज्ञका लागि स्थानीय डोम समुदायका दीपक मरिकको घर जबरजस्ती भत्काइएको छ। घर मात्र होइन, दलित समुदायको माटोसम्म खनेर हटाइएको पीडित परिवारको आरोप छ।

बजारंगी बाबाको आदेशपछि डोजर चलाइयो

दीपककी श्रीमती अनिता मरिकका अनुसार महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै घर भत्काइएको हो। 'बजारंगी बाबाले यहाँ डोम समुदायको घर रहे यज्ञ हुँदैन भनेपछि गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर हाम्रो घर भत्काइदिए,' उनले भनिन्।

अनिता र उनका श्रीमान् काममा रहेका बेला एक्कासि डोजर लगाएर घर भत्काइदिएको उनी बताउँछिन्। 'घर मात्र होइन, दुई फिट माटोसम्म खनेर हटाइयो,' अनिताले दुखेसो पोखिन्।


प्रदेश सरकारले बनाइदिएको घर भत्काइयो, परिवार विस्थापित

अनिता र दीपकको परिवार दुई दशकदेखि सार्वजनिक जग्गामा बस्दै आएको थियो। पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत उनीहरूलाई दुईकोठे पक्की घर बनाइदिएको थियो। अहिले त्यो घर भत्काइएपछि परिवार विद्यालयको जग्गामा अस्थायी रुपमा बस्न बाध्य छ।

परिवारका सात सदस्य अहिले बिजुली, खानेपानी र आधारभूत सुविधाविहीन अवस्थामा छन्। 'गर्मी बढ्दै गएको छ, बिजुली छैन, सर्पको डर छ, रातभर त्रासमा बस्नुपर्छ,' अनिताले भनिन्।

पालिका अध्यक्षको तर्क: सहमतिमै हटाइएको हो

गाउँपालिका अध्यक्ष शिवजी यादवले भने सहमतिमै दीपकको घर हटाइएको दाबी गरेका छन्। 'त्यहाँ कृषि हाट बजार बनाउने योजना छ, दीपकको घर बीचमै पर्थ्यो, त्यसैले हटाइएको हो,' उनले भने।

तर, स्थानीय दलित अधिकारकर्मीहरू भने डोम भएकै कारण घर भत्काइएको बताउँछन्। राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य कवुली पासवान भन्छिन्, 'अरू समुदायको घर नछोई केवल डोम परिवारकै घर भत्काउनुको कारण के हो? यो जातीय विभेदको ज्वलन्त उदाहरण हो।'

न्यायको माग, कारबाहीको माग

दलित समुदायमाथि भएको अन्यायको विरोध गर्दै अधिकारकर्मीहरूले दोषीहरूलाई कानुनी कारबाहीको माग गरेका छन्। प्रहरी अनुसन्धान जारी छ, तर पीडित परिवार भने अन्योलमा छ— 'हामीलाई कहाँ जाने?'

वडा अध्यक्ष र पालिका अध्यक्ष लाई यस मुद्धामा पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

  • Jigyasa media

थप