Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

फेरि उही अवस्था: वायु प्रदूषणले काठमाडौँलाई विश्वकै दोस्रो प्रदूषित सहर बनायो

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौं –

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको अवस्था अझै खतराकै स्तरमा रहेको छ। आइतबार बिहान ६:३० बजे मापन गरिएको ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार काठमाडौँ विश्वकै दोस्रो सर्वाधिक प्रदूषित सहरमा सूचीकृत भएको हो।

वायु प्रदूषणमा पहिलो दिल्ली, दोस्रो काठमाडौँ, तेस्रो लाहोर

अहिले भारतको राजधानी दिल्ली पहिलो स्थानमा छ, जहाँ एक्यूआई २४९ छ। काठमाडौँको AQI २०४ मापन गरिएको छ भने तेस्रो स्थानमा पाकिस्तानको लाहोर (AQI २०२) रहेको छ।

धुलो, डढेलो र पानीको अभाव प्रमुख कारण

विशेषज्ञहरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, उपत्यकाको आकाशमा थुप्रिएको धुलो तथा वरपरका जंगलमा लागेको डढेलोले प्रदूषण अझ चर्किएको हो। शुक्रबार र शनिबारको हावाहुरीले केही राहत दिए पनि अवस्था अझै ‘अत्यन्त अस्वस्थ’ श्रेणीमै छ।

स्वास्थ्यमा गम्भीर असर, चिकित्सकको चेतावनी

चिकित्सकहरूका अनुसार हालको वायु गुणस्तर दीर्घरोगी, बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि विशेष गरी घातक हुन सक्छ। साँझ र बिहानजस्तो समयमा अत्यधिक प्रदूषण हुने भएकाले सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिइएको छ।

एक्यूआई के हो, कुन स्तर कति खतरनाक?

AQI ०–५०: सामान्य

५१–१००: पहेँलो संकेत (होसियार रहनुपर्ने)

१०१–१५०: श्वासप्रश्वास र मुटुका बिरामीलाई असर

१५१–२००: अस्वस्थकर

२०१–३००: अत्यन्त अस्वस्थ

३०१–४००: खतरनाक

४०१–४५०: अति खतरनाक

सरकारले २०७६ सालमा तयार पारेको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अनुसार काठमाडौँमा AQI ३०० नाघेमा ‘विपद्’ घोषणासमेत गर्नुपर्ने व्यवस्था छ।

स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण अत्यधिक भएको भन्दै नागरिकलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।



  • Jigyasa media

थप