Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

साँखुमा पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, ४० जना घाइते

  •   २ वर्ष अघि | ३० माघ २०८१, बुधबार

काठमाडौं – विद्यार्थी बोकेको बस साँखुमा दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

नगरकोटबाट पिकनिक सकेर फर्कँदै गरेको स्कुल बस साँखु–नगरकोट सडकखण्डको कात्तिके क्षेत्र नजिक ब्रेक फेल भएर अनियन्त्रित भएपछि दुर्घटना भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको उपचारका क्रममा निधन भएको छ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेमध्ये एक जनाको शंखरापुर अस्पतालमा, एक जनाको एनएमसी अस्पतालमा, र अर्का एक जनाको त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

दुर्घटनाग्रस्त बस (बा २ ख ७९५८) सुन्दरीमाई यातायातको हो, जसलाई चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको थियो। दुर्घटनामा घाइते भएका ४० जना विभिन्न अस्पतालमा उपचाररत छन्।


प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


  • Jigyasa media

थप