Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

काठमाडौं – सर्वोच्च अदालतका लागि दुईजना न्यायाधीशको नाम सिफारिस गरिएको छ। शुक्रबार न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो।

यद्यपि, सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीश नियुक्ति गर्ने भनिएकोमा, केही विवादका कारण आजको बैठकमा दुईजनाको मात्र नाम सिफारिस भएको छ। बैठकको समयमा नेपाल बार एसोसिएसनले न्याय परिषद् परिसरमा धर्ना दिएको थियो। बारले न्याय परिषद् नियमावली संशोधनको माग गर्दै निरन्तर दबाब दिँदै आएको छ।

यस सिफारिससँगै न्याय परिषद्ले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको छ, तर बाँकी चारजना न्यायाधीशको सिफारिस सम्बन्धी निर्णयका लागि अझै समय लाग्ने देखिएको छ।


  • Jigyasa media

थप