Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

सर्वोच्चद्वारा कुलमानको पक्षमा अन्तरिम आदेश अस्वीकार

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत २१ – सर्वोच्च अदालतले कुलमान घिसिङले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले घिसिङको पक्षमा अन्तरिम आदेश नदिइ मुद्दालाई अग्राधिकार दिने निर्णय गरेको हो।

गत सोमबार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको भन्दै घिसिङले सर्वोच्चमा अन्तरिम आदेश माग गरेका थिए।

यसअघि, चैत १५ गते सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै सरकारलाई कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई हटाउनुको कारण स्पष्ट गर्न सरकारलाई निर्देशन दिएको थियो। अदालतले लिखित जवाफ माग्दै अन्तरिम आदेश दिने वा नदिनेबारे चैत १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।


  • Jigyasa media

थप