Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

सौतेनी बुवाको हिंसाबाट असुरक्षित तीन बालबालिका काठमाडौं महानगरद्वारा उद्धार

  •   २ वर्ष अघि | १९ मंसिर २०८१, बुधबार

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सौतेनी बुवाको हिंसाबाट असुरक्षित अवस्थामा रहेका तीन बालबालिकाको उद्धार गरेको छ। महानगरको बाल उद्धार कार्यदल, बाल हेल्पलाइन, र बालबालिका खोजतलास सेवाको संयुक्त टोलीले ती बालबालिकालाई सुरक्षित स्थानमा राखेको हो।

उद्धार गरिएकामध्ये ११ वर्षीया बालिका कक्षा ६ मा अध्ययनरत थिइन् भने उनका दुई भाइ ७ र ९ वर्षका छन्। महानगरका अनुसार, बालिका आफ्नै सौतेनी बुवाबाट जबरजस्ती करणीमा परेको सूचना पाएपछि तत्कालै उद्धार अभियान सञ्चालन गरिएको थियो।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र पर्ने बालिकाको विद्यालयबाट प्राप्त सूचनाका आधारमा प्रहरीले बौद्ध प्रहरी वृत्तको सहकार्यमा उद्धारकार्य सम्पन्न गरेको हो।

प्रहरी हिरासतमा सौतेनी बुवा

प्रहरीले सौतेनी बुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। हिंसामा संलग्न रहेको आरोपमा उनलाई बौद्ध प्रहरी वृत्तले हिरासतमा राखेको छ।

बालबालिकाको अस्थायी संरक्षण

उद्धार गरिएका तीन बालबालिकालाई महानगरपालिकाले सुरक्षित अस्थायी संरक्षण केन्द्रमा राखेको छ। महानगरपालिकाका अधिकारीहरूले उनीहरूको स्वास्थ्य र मनोवैज्ञानिक अवस्थाको विशेष हेरचाह भइरहेको जनाएका छन्।

सुरक्षा र संरक्षणमा महानगरको प्रतिबद्धता

बालबालिकाको सुरक्षाका लागि महानगरपालिकाले चालेको यो कदमले बाल अधिकार र हिंसाविरुद्धको प्रतिबद्धता झल्काएको छ। महानगरले यस्ता घटनामा चाँडो प्रतिक्रिया जनाउने र पीडितलाई आवश्यक सहयोग पुर्‍याउने बताएको छ।


  • Jigyasa media

थप