Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

एसईई दिइरहेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

गोरखा, चैत १४ – गोरखाको आरुघाट गाउँपालिकामा एसईई परीक्षा दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा दुर्घटना

१६ वर्षीय युनिष गुरुङ परीक्षा दिएर फर्किने क्रममा साथीहरूसँग बूढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए। तर, खेल्ने क्रममा उनी नदीमा डुबेपछि बेपत्ता भएका थिए।

प्रहरीको उद्धार प्रयास

घटनाबारे सूचना पाएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीको टोली उद्धारमा खटिएको थियो। खोजी अभियानपछि उनलाई घटनास्थलभन्दा करिब एक किलोमिटर तल मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

थप अनुसन्धान जारी

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। एसईई परीक्षा चलिरहेको अवस्थामा विद्यार्थीको ज्यान गुम्नु दुखद् भएको भन्दै स्थानीयहरू सतर्कता अपनाउन आग्रह

 गरिएको छ।


  • Jigyasa media

थप