Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काभ्रेको भुम्लुमा अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव फेला

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-८ स्थित अरनिको राजमार्ग (५९ किलो) सडक खण्डमा शनिबार बिहान एक पुरुषको शव फेला परेको छ। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न नसकेको भए पनि अन्दाजी ३० देखि ३५ वर्षको देखिने उक्त पुरुषले निलो जिन्स पाइन्ट र कालो लामो बाहुला भएको टिसर्ट लगाएको अवस्थामा शव फेला परेको हो।


प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव जाँच मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइसकेको छ। शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। प्रहरीले हराइरहेका व्यक्तिको पहिचानका लागि सहयोग गर्न अनुरोध गर्दै मृतकलाई चिन्न सक्ने व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न आग्रह गरेको

छ।


  • Jigyasa media

थप