Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

काठमाडौं । बंगलादेशको अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिरसहित ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो।

गत अगस्टमा विद्यार्थी आन्दोलनको उत्कर्षमा हसिना भारत पलायन भएकी थिइन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई मानव अधिकार उल्लङ्घन, गैरन्यायिक हत्या, र राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हिरासतमा राखेको आरोपमा पक्राउ गर्न आदेश दिएको हो।

नरसंहार र मानवताविरुद्धका अपराधमा संलग्न रहेको आरोपमा नोभेम्बर १८ मा उनलाई अदालतमा पेश गर्न आदेश जारी भएको छ। हसिनाको सत्ताबाट पतनपछि उनका दर्जनौं सहयोगीहरूलाई हिरासतमा लिइसकिएको छ।


  • Jigyasa media

थप