Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

दुर्गम क्षेत्र खानीखोलाको मिल्चेमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

  •   २ वर्ष अघि | १५ मंसिर २०८१, शनिबार

सुदिन गोले ।

काभ्रे, मंसिर १५ - दुर्गम क्षेत्रका बासिन्दालाई लक्षित गरी काभ्रेको खानीखोला गाउँपालिका–७, घ्याबे चौंमनडाँडामा दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ। कोरियन स्वास्थ्य सेवा टोली, भरोसा मण्डली, मिल्चे स्वास्थ्य चौकीको सहकार्यमा आउँदो हप्ता मंसिर २५ र २६ गते सञ्चालन हुने शिविरमा दाँत, पेट, छाती, टाउको, नसा, घुँडा, कम्मर, तथा अन्य रोगहरूको निशुल्क उपचार प्रदान गरिने बताइएको छ।


भरोसा मण्डलीका प्रमुख हस्त घ्याबाका अनुसार दुर्गम क्षेत्रका धेरै व्यक्तिहरूले रोग लुकाएर बस्ने प्रवृत्ति देखिएकाले शिविर सञ्चालन गर्न लागिएको हो। उनले भने, "यस क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामा पहुँच नपुगेकाले रोग लुकाएर ज्यान जोखिममा पार्ने स्थिति छ। यो शिविरले उनीहरूको स्वास्थ्य समस्यालाई उजागर गर्ने छ।"

कार्यक्रम स्थान

शिविर मंसिर २५ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र मंसिर २६ गते बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। स्थान मिल्चे स्वास्थ्य भवन, चौंमनडाँडामा निर्धारण गरिएको छ।

शिविरमा हुने सेवाहरु 

१. बृद्ददेखि बालबालिकासम्मका स्वास्थ्य समस्या निदान

२. आन्तरिक र बाह्य स्वास्थ्य जाँच

३. सामान्य भिडियो एक्स-रे सुविधा

४. दन्त सेवा

५.आकस्मिक स्वास्थ्य सेवा

स्थानीयका लागि ठूलो अवसर

स्थानीय बासिन्दाले निशुल्क स्वास्थ्य शिविरलाई उत्साहका साथ स्वागत गरेका छन्। स्थानीय सामाजिक अभियन्ता समेत रहेका सुदिन गोलेले भने, "स्वास्थ्य सुविधा अभाव झेलिरहेका नागरिकका लागि यस्तो शिविर जीवन परिवर्तनको अवसर हो। हामीले यसलाई सफल बनाउन सबैको सहभागिता सुनिश्चित गरेका छौं।"

दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतना

दुर्गम क्षेत्रका जनताको स्वास्थ्य समस्याहरूको समाधानका लागि यस्तो पहलले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, शिविरबाट सयौं स्थानीयले प्रत्यक्ष लाभ लिन सक्नेछन्। यसैगरी, नियमित स्वास्थ्य परामर्श र उपचार सुविधाको उपलब्धता सुनिश्चित गर्न दीर्घकालीन योजना पनि अघि बढाइने भएको छ। स्वास्थ्य सेवाको लाभ लिन आह्वान गरिएको छ ।

स्वास्थ्यसेवामा सबैका लागि पहुँच

आयोजक भरोसा मण्डलीका साथसाथै, खानेखोला गाउँपालिका वडा नम्बर ७ को समन्वय र कोरियन स्वास्थ्य सेवा टोलीको प्राविधिक सहयोगले यस क्षेत्रको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




  • Jigyasa media

थप