Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बुबाको हत्या आरोपमा छोरा पक्राउ

  •   २ वर्ष अघि | ८ पुस २०८१, सोमवार

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, शिखरपुरमा आफ्नै छोराको कुटपिटबाट एक बुबाको मृत्यु भएको छ। बुबा यदुबहादुर बस्नेत (५०) को हत्या आरोपमा छोरा राजाराम बस्नेत (३४) लाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति राजारामले आफ्ना बुवामाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका यदुबहादुरलाई उद्धार गरी उपचारका लागि काठमाडौंको अत्तरखेलस्थित मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट टोली खटाएर राजारामलाई नियन्त्रणमा लिएको हो। हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सावधानीका लागि सन्देश

घरेलु हिंसाका यस्ता घटनाले पारिवारिक तनावको गम्भीर परिणाम देखा पर्न सक्ने हुँदा तत्काल संवाद र मनोवैज्ञानिक परामर्शको खोजी गर्नु आवश्यक छ। मनोविश्लेषकहरु भन्छन् पछिल्लो समय यस्ता दर्दनाक घटना बढ्दो क्रममा छ सामान्य कुराले विवाद उत्पन्न हुँदा यस्तो घटना हुँदै आएको छ ।

यस्ता घटनाहरूले समाजमा सचेतना अभिवृद्धि र कानूनी हस्तक्षेपको महत्वलाई पुनः एकपटक उजागर गरेको  छ ।


  • Jigyasa media

थप