Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सिन्धुलीमा विद्यार्थीको शंकास्पद मृत्यु, धनुषामा चक्काजाम

  •   २ वर्ष अघि | ६ असोज २०८१, आइतवार

जनकपुरधाम— सिन्धुलीको एक निजी विद्यालयमा कक्षा ८ का विद्यार्थी रजनीश साहको शंकास्पद मृत्यु भएपछि धनुषाको जनकपुर–ढल्केवर सडकखण्डमा स्थानीयवासीले चक्काजाम गरेका छन्। लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित सपहीमा, वडाध्यक्ष रमेश साहको नेतृत्वमा बिहान ८ बजेदेखि ११ बजेसम्म स्थानीयले यातायात अवरुद्ध गरेका हुन्।

रजनीश साह, भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयका १४ वर्षीय होस्टल विद्यार्थी, गत भदौ २ मा मृत फेला परेका थिए। घटना रहस्यमय रहेको भन्दै साह परिवारले छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्। मृतकका बुवा गणेश साहले विद्यालयले ढिलो जानकारी दिएको र अस्पताल पुग्दा छोरोको मृत्यु भइसकेको पाइएको बताए।

गणेशले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा पोष्टमार्टम रिपोर्ट माग गर्दा वकिल र डाक्टरको उपस्थितिमा मात्र रिपोर्ट देखाइने कुरा भएको गुनासो गरेका छन्। साथै, विद्यालयका सञ्चालक, प्रिन्सिपल, र होस्टेल वार्डेनसहित चार जनाविरुद्ध किटानी जाहेरी नलिएर प्रहरी पक्षपाती भएको आरोप उनले लगाए।

यसअघि, मृतकका परिवार र स्थानीयले विद्यालय अगाडि प्रदर्शन गरेका थिए भने भदौ २१ मा सपहीमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए। स्थानीय वडाध्यक्ष साहले यसपटक पनि जाहेरी दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।


  • Jigyasa media

थप