Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि: सुन १२ सय र चाँदी ५० रुपैयाँले महँगियो

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

काठमाडौं।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ।

बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। हिजो चाँदीको मूल्य एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

बढ्दो मूल्यले लगानीकर्तालाई थप आकर्षित गरेको देखिन्छ भने आम उपभोक्तालाई यसको असर पर्ने अनुमान गरिएको छ।


  • Jigyasa media

थप