Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

  •   २ वर्ष अघि | ४ कार्तिक २०८१, आइतवार

काठमाडौँ – संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको उच्च जोखिममा रहेको जानकारी दिएको छ। युनिसेफका अनुसार, पाँच वर्ष मुनिका करिब ६ लाख बालबालिकासहित लाखौं मानिसहरू हैजाबाट प्रभावित हुने सम्भावना रहेको छ।

यस स्वास्थ्य संकटको मुख्य कारण सन् २०२३ को अप्रिलमा भएको आन्तरिक द्वन्द्वलाई मानिएको छ। यस द्वन्द्वले गर्दा अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ। साथै, द्वन्द्वग्रस्त क्षेत्रमा रहेका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द भएका छन्, र अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीहरू महिनौंदेखि तलबविहीन रहेका छन्।

सुडानमा हैजासँगै मलेरिया र डेंगुजस्ता महामारी रोगहरू फैलिएका छन्, जसले सयौंको मृत्यु भइसकेको छ। सुडानको स्वास्थ्य मन्त्रालयले यस वर्ष अगस्टमा हैजा फैलावटको घोषणा गर्दै, द्वन्द्व, अशुद्ध पानीको प्रयोग, र बिग्रिँदो वातावरणीय अवस्थालाई मुख्य कारण मानेको छ।

सुडानको स्वास्थ्य संकटले गम्भीर रूप लिएको र तत्कालीन कदमहरू नचालिए ठूलो जनधनको क्षति हुने अनुमान गरिएको छ।


  • Jigyasa media

थप