Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

त्रिभुवन विमानस्थलमा ५ किलो सुनसहित तीन विदेशी नागरिक पक्राउ

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँचका क्रममा ५ किलो ७ सय ग्राम सुनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ तथा इन ङोन फू रहेका छन्।

उनीहरू एयर अरेबियाको उडान नं. जी ९५३० बाट शारजाह हुँदै काठमाडौं आएका थिए। भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँचका क्रममा लगेजभित्र राखिएका १२ थान स्पिकरमा लुकाइएको अवस्थामा सुन फेला परेको हो।

सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार, तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।


  • Jigyasa media

थप