Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकको राहत १० लाखमा वृद्धि

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

काठमाडौं — वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारले पाउने राहत रकमलाई सरकारले वृद्धि गर्दै १० लाख पुर्‍याएको छ। यसअघि यो राहत ७ लाख रुपैयाँ मात्र थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार, असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन गर्दै यो नयाँ राहत योजना पारित गरेको हो।

यो राहत योजना वैदेशिक रोजगारमा गएका श्रमिकहरूको कल्याणकारी कोषमा आधारित रहेको छ। साथै, मृतकका परिवारलाई शव नेपाल ल्याउने, घरसम्म पुर्‍याउने र दाहसंस्कारका लागि थप २५ हजार रुपैयाँ समेत प्रदान गरिन्छ। मृतकका दुई सन्तानलाई छात्रवृत्ति सुविधा पनि उपलब्ध गराइन्छ।

बोर्डका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा मात्रै ३,८०० श्रमिकले ज्यान गुमाएका छन्। विज्ञहरूले राहत रकमको यो वृद्धि सकारात्मक रहेको जनाएका छन्, तर यसलाई दीर्घकालीन राहत प्याकेजमा परिणत गर्नुपर्ने सुझाव दिएकाछन्।


  • Jigyasa media

थप