Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

अमेरिकामा आप्रवासन कडाइ: थप तीन नेपाली निष्कासित

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

काठमाडौं, माघ २४ – अमेरिकी आप्रवासन नीतिमा आएको कडाइका कारण नेपाली समुदाय प्रभावित बन्दै गएको छ। पछिल्ला केही महिनामा गैरकानुनी रूपमा अमेरिका बस्दै आएका नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी रहेको छ।

हालैमात्र टेक्सासस्थित एक ग्यास स्टेशनमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) ले छापा मार्दा केही नेपाली विद्यार्थीहरू पक्राउ परेका छन्। अध्ययनका लागि अमेरिका गएका विद्यार्थीहरू कानुनी जटिलताको सामना गर्न बाध्य भएको बताइएको छ।

तीन नेपाली निष्कासित

अमेरिकी अध्यागमन निकायले पछिल्लो दुई दिनमा तीन नेपालीलाई देशनिकाला गरेको छ। निष्कासनमा पर्नेमा मानबहादुर राई, ईश्वर गिरी र अन्जन धमला रहेका छन्। राईलाई कतार एयरलाइन्समार्फत नेपाल फर्काइएको छ भने गिरी र धमलालाई एयर इन्डियाको उडानमार्फत भारत हुँदै काठमाडौं पठाइएको छ।

यसअघि, गोपाल ठकुरी, राजकुमार रोका, राहुल थापा क्षेत्री, यमप्रसाद तिवारी, घनश्याम खत्री, भुपाल विक, शेर शाङ्बु शेर्पा, सारुन श्रेष्ठलगायत नेपालीहरूलाई पनि अमेरिका छोड्न बाध्य बनाइएको थियो।

नेपाली विद्यार्थीहरूमा चिन्ता

अमेरिकामा रहेका नेपाली विद्यार्थीहरू कडा आप्रवासन नीतिको मारमा परेका छन्। अध्ययनकै क्रममा सीमित मात्रामा काम गर्न पाउने भए पनि कतिपय विद्यार्थीहरू नियमभन्दा बढी समय काम गर्न बाध्य हुन्छन्। तर, पछिल्ला नीतिहरूले यस्तो अवस्थालाई थप जटिल बनाइदिएको शिकागोमा अध्ययनरत एक नेपाली विद्यार्थी बताउँछन्।

एक अध्ययनअनुसार, अमेरिकी अदालतले १,३६५ नेपालीहरूलाई देश छोड्न आदेश दिइसकेको छ। नेपालका लागि अस्थायी सुरक्षा सुविधा (TPS) नवीकरण नभएमा यो संख्या ३,००० पुग्न सक्ने अनुमान गरिएको छ।

अमेरिकी आप्रवासन नीतिमा आउने परिवर्तनले नेपाली समुदायलाई थप प्रभाव पार्न सक्ने भन्दै विज्ञहरूले चासो व्यक्त गरेका छन्।


  • Jigyasa media

थप