Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभर मौसममा बदली, कतै वर्षा त कतै हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

काठमाडौं, फागुन २८ । हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण विभिन्न क्षेत्रमा आंशिकदेखि पूर्ण बदली देखिएको मौसमविद्हरूले बताएका छन्।

बुधबार बिहानको अवस्थाअनुसार कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि मध्यम बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्य रहिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज उच्च पहाडी तथा हिमाली भेगमा केही स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मौसम परिवर्तनले दैनिक जनजीवन, स्वास्थ्य, तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।


  • Jigyasa media

थप