Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पाँचखालमा टिपरको ठक्करले साढे चार वर्षीया बालिकाको ज्यान गयो

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट गम्भीर घाइते भएकी साढे चार वर्षीया आरिका परियारको उपचारको क्रममा मृत्यु भएको छ।

मिति २०८१ साल वैशाख २ गते दिउँसो ३:१५ बजे रबिओपीबाट पाँचखालतर्फ आइरहेको बा.प्र. ०१–००४ क १८४५ नम्बरको टिपरले पैदलयात्रा गरिरहेकी आरिकालाई ठक्कर दिएको थियो।

उक्त टिपरको ठक्करबाट बालिका आरिका परियार गम्भीर घाइते भई, तत्कालै पाँचखाल पोलिक्लिनिकमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। तर दुर्भाग्यवश, उक्त अस्पतालमा बेलुकी ४:४० बजे चिकित्सकले बालिकालाई मृत घोषणा गरे। आरिका, पाँचखालकै शक्ती परियारकी छोरी हुन्।

एक आम बालिका जसको जीवन बल्ल सुरू हुँदै थियो, एक्कासि सडकको निर्दयी सवारीले लुट्यो उनका सपना र भविष्य सहित परिवारको साथ छुट्यो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्र.ना.उ. मिनबहादुर घलेले जानकारी दिएका छन्।

यस घटनाले फेरि एक पटक सडक सुरक्षाप्रति राज्यको लापरबाही, भारी सवारी साधनको अनियन्त्रित चाप र मासुमहरूको असुरक्षित यात्राप्रति गम्भीर प्रश्न उठाएको छ।

पाँचखालको स्थानीय समुदायमा शोक र आक्रोश दुवै व्याप्त छ।

  • Jigyasa media

थप