Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीन दिनसम्म वर्षाको सम्भावना, किसानलाई बाली नकाट्न सुझाव

  •   १ वर्ष अघि | ३ बैशाख २०८२, बुधबार

काठमाडौँ, वैशाख ३ – आगामी तीन दिनसम्म देशका धेरैजसो क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ। यस्तो अवस्थामा किसानलाई आ-आफ्ना खेतमा रहेका गहुँ, मुसुरो जस्ता बाली तुरुन्त नकट्न मौसम विज्ञहरूले सुझाव दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमदेखि पूर्वसम्मका भूभागमा वायुमण्डलीय प्रणालीको प्रभावले हल्का देखि मध्यम वर्षा हुन सक्ने देखिएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार, पछिल्लो दिनहरूमा परेको वर्षाले धेरै ठाउँमा खेतहरू भिजेका छन् र अझै केही दिन यस्तै मौसम रहने सम्भावना भएकाले किसानहरूले विशेष सतर्कता अपनाउनुपर्छ।

महाशाखाले किसानहरूलाई यस्तो सल्लाह दिएको छः

पानी जमेको खेतमा मुसुरो वा गहुँको बाली भएमा निकासको उचित व्यवस्था गर्न,

काटिन बाँकी बालीलाई अझै एक–दुई दिन सुक्न दिन,

पहिल्यै काटिएको बालीलाई चिस्यानबाट जोगाउन अग्लो स्थान वा सुरक्षित ठाउँमा राख्न,

र यदि अत्यावश्यक भएमा वर्षाको अनुमान हेरेर सुरक्षित तरिकाले भित्र्याउन।

यसअघि आएको असिनासहितको वर्षाले पनि केही ठाउँमा बालीमा असर पुर्याएको थियो। यस्तोमा पुनः सम्भावित वर्षाबाट थप क्षति नहोस् भनेर पूर्वतयारी गर्नु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

  • Jigyasa media

थप